अछाम, ३ पुस । अछाम जिल्लाको प्रदेश सभा क्षेत्र नं.१ का सांसद गोविन्द कुँवरलाई २२ किलोको मालाले स्वागत गरेका छन् ।
एमालेबाट विजयी भएका कुँवरलाई साफेबगर नगरपालिका वडा नं. ११ का कार्यकर्ताहरुले २२ सुत्रीय माग राख्दै २२ किलोको माला लगाइ दिएका हुन् । विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, बेरोजगार र पर्यटकिय क्षेत्र को स्तर उन्नति लगायतका माग राख्दै कार्यकर्ताले २२ किलोका माला लगाइदिएका हुन् ।
देवीस्थान पुगेका कुँवरले विकास निर्माणको कार्यमा जनताको आवश्यकता अनुसार विकासका लागि केन्द्रसम्म आवाज उठाउने र आफूलाई बुझाएको मागको सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् ।












प्रतिक्रिया