२२ कार्तिक २०८३, आइतबार

सात नं. प्रदेशको राजधानी दिपायल बनाउन दवाव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २ पुस । प्रदेश नम्बर ७ को राजधानी दिपायल बनाउनका लागि नवनिर्वाचित सांसद तथा स्थानीय बासिन्दाले माग गरेका छन् ।

दिपायललाई राजधानी नबनाइए जनप्रतिनिधिले आफूले सांसदबाट राजीनामा दिनेसमेत चेतावनी दिएका छन् ।

ऐतिहासिक बाइसे–चौबीसे राज्यमध्येको शक्तिशाली केन्द्र तथा राणाकालमा नेपालका मुख्य चार गौडामध्ये एक रहेको दिपायलमा राजधानी बनाउन पर्याप्त स्रोत साधन रहेको उनीहरूको भनाई छ ।

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकामसमेत रहेको र मुख्यमन्त्री कार्यालय, सभागृह, मन्त्रालय स्थापनाका लागि सरकारी भवन तयारी अवस्थामै रहेकाले दिपायललाई राजधानी तोक्दा आर्थिक भार नबढ्ने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए ।

‘आर्थिक भार मात्र कम होइन, प्रदेश समृद्धिको कुरा पनि जोडिएको छ’ उनले भने, ‘अन्यथा तराईमा कृषि योग्य जमिन मासेर मानिसको चाप बढ्नेछ । पहाडबाट बसाइँसराइले भयावह अवस्था सिर्जना हुनेछ ।’

दिपायललाई राजधानी बनाउने एजेन्डा बोकेर चुनाव लडेकाहरु विजयपछि यही विषयलाई जोडतोडसाथ उठाइरहेका छन् ।

डोटीबाट प्रतिनिधिसभामा विजयी भएका एमालेका केन्द्रीय वैकल्पिक सदस्य समेत रहेका एमाले नेता प्रेमबहादुर आलेमगरले ७ नम्बर प्रदेशको राजधानीका लागि दिपायलको विकल्प नरहेको बताउनुभयो ।