२२ कार्तिक २०८३, आइतबार

विपक्षीसंग हातेमालो गरेर अघि बढ्ने सांसद पौडेलको प्रतिबद्धता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १ पुस । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संविधान मा व्यवस्था भएबमोजिम समाजवाद उन्मुख विकास विपक्षहरु संग सहकार्य गर्दै गर्ने वताउनु भएको छ ।

बडिगाड गाउँपालिकाको भिमगिठे तथा ग्वालीचौरमा आयोजित विजयी सभालाई सम्बोधन गर्दै पौडेलले तिन खम्बे अर्थनितिलाई अंगिकार गर्दै राजनैतिक स्थायीत्व संगै देशको विकासमा लाग्ने वताउनु भएको छ। निर्वाचनमा सहयोग गर्ने मतदातालाई धन्यवाद दिँदै पौडेलले जनताको आकंक्षा र माग अनुरुप काम गर्ने वताउनु भएको छ ।

विगतमा भएगरेका केहि कमिकमजोरीहरु विर्सदै नयाँ युगमा प्रवेश गर्दै गरेको सन्दर्भमा सवै वाम एकै ठाउँ हुने प्रक्रिया अगाडि वढिसकेको वताउनु भएको छ। पौडेलले भन्नुभयो “धेरै पहिले देखि कल्पना गरिएको नेपालमा एउटा कम्यूनिष्ट पार्टि वनाउने सपना पुरा हुन लागेको भन्दै कसैले शंका नगर्न आग्रह गर्दछु ।”

कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका बागलुङ इन्चार्ज चन्द्र वहादुर वुढा सागरले जनतालाई केन्द्र र प्रदेश सम्म जोड्ने पुलको रुपमा आफूले काम गर्ने वताउनु भएको छ। सागरले आफूले यो भुगोल राम्रो संग पहिचान गरेको भन्दै जनता संगै रहेर काम गर्ने वताउनु भएको छ। जनता संग काम गर्ने सुनौलो अवसर प्राप्त भएको भन्दै सागरले निरन्तर जनताको सुझाव र खवरदारीको सदैव सम्मान गर्ने वताउनु भएको छ।

त्यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर तथा एमाले नेता देव कुमार नेपालीले स्थानिय सरकारले जनताका आधारभुत आवश्यकता पहिचान गर्ने र तीनै तहको माध्ययमवाट जनतालाई सम्वृद्ध वनाउने दृढता व्यक्त गर्नुभयो । भिमगिठेको कार्यक्रममा वोल्दै मेयर नेपालीले स्थानिय आगलागी पिडितलाई २२ हजार सहयोग रकम समेत घोषणा गर्नुभएको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जनप्रतिनिधि निरन्तर जनताको आवश्यकता संग खेल्नुपर्ने भन्दै समस्याको पहिचान गरि समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।