२२ कार्तिक २०८३, आइतबार

एमाले र माओवादी निकट विद्यार्थीले दिए देउवालाई यस्तो चेतावनी

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएको छ ।

काम चलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आज प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो ।

अनेरास्ववियुका महासचिव ऐन महर र अखिल (क्रान्तिकारी) महासचिव उत्तम अधिकारीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आयोगलगायत अन्य स्थानमा गरिएका सबै नियुक्ति अविलम्ब बदर गर्न आग्रह गरिएको छ । उक्त आयोगको सदस्यमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रा डा चिन्तामणि पोखरेललाई नियुक्ति गरेको थियो ।

राष्ट्रियसभा गठन र त्यससँग सम्बन्धित अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध नगर्न उक्त विज्ञप्तिमा भनिएको छ । रासस