२२ कार्तिक २०८३, आइतबार

सन्तहरुलाई सेनाको सहयोग, लत्ता कपडा र खाद्यान्न वितरण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर २९ मंसिर । नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा अन्तर्गतका युनिटहरुले शुक्रबार कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित विष्णु मन्दिर (साकेतधाम) मा रहेका सन्तमहन्तहरुलाई लत्ता कपडाका साथै खाद्यान्न सहयोग गरेको छ ।

बढ्दै गइरहेको चिसोबाट बच्न सेनाले त्यहाँ रहेको सन्तहरुलाई न्यानो लुगाहरु वितरण गरेको छ । श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी ईश्वरकान्त मैनालीले साकेतधाममा रहेको आठ जना सन्तहरुलाई न्यानो लुगा वितरण गरेको नेपाली सेनाले जनाएको छ । बाहिनी, श्री भवानी बक्स गण तथा सिंहसार्दुल गुल्मले न्यानो लुगाकाका साथै दाल, चामल लगायतको खाद्यान्न समेत सहयोग स्वरुप प्रदान गरेको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा बाहिनीपति सहाकरथी मैनालीसंगै अन्य सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाले साकेतधामको पर्खाल निर्माणदेखि विभिन्न भौतिक संरचना निर्माणमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । त्यसका साथै कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका वृद्धाश्रममा सहयोग तथा निःशुल्क स्वास्थ्य शिविर पनि सेनाले सञ्चालन गर्दै आइरहेको छ ।