अछाम, २८ मंसिर । अछाम जिल्लामा प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा साढे ३ प्रतिशत मत बदर भएका छन् । यस अघिका निर्वाचन भन्दा यो संख्या कम भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।
एक लाख ३६ हजार ९ सय ३ मतदाता रहेको अछाम जिल्लामा यो चुनावमा ८६ हजार ७ सय ७४ मत मात्र खसेको थियो । खसेको कुल मत बाट ८३ हजार ८ सय २६ मत सदर भएको छ भने २ हजार ९ सय ४८ मत बदर भएका छन् । अछाम क्षेत्र न १ मा ४३ हजार ८ सय ८० मत खसेकोमा १२ सय ९८ मत बदर भएका छन भने क्षेत्र न २ मा ४२ हजार ८ सय ९४ खसेको कुल मत बाट १६ सय ५० मत बदर भएका छन ।
अछाम क्षेत्र न १ को (क) प्रदेशमा कुल खसेको २० हजार ४ सय ७१ मत मध्यबाट २० हजार ८ मत सदर भएका छन भने ४ सय ६२ मत बदर भएका छन, यस्तै (ख) प्रदेशमा २३ हजार २ सय ५८ मत बाट २२ हजार ४ सय ६२ मत सदर भएका छन भने ७ सय ९१ मत बदर भएका छन ।
यस्तै अछाम क्षेत्र न २ को (क) प्रदेशमा कुल खसेको २१ हजार ५ सय ७१ मत बाट २० हजार ४ सय ४६ मत सदर भएका छन भने ११सय २५ मत बदर भएका छन (ख) प्रदेशमा खसेको २१ हजार ३ सय ४३ मत बाट २० हजार ६ सय ५३ मत सदर भए भने ६ सय ९० मत बदर भेटीएका छन ।
समानुपातीक तर्फको मत गणना कार्य जारी रहेकाले बदर मतको संख्या बढन सक्ने निर्वाचन अधिकारी भट्टले बताउनभयो । निर्वाभन अधिकारी भट्का अनुसार अझैपनी मतदाता शिक्षाको अभाव देखिएको बताउनुभयो । स्थानीत तहको भन्दा यसपाली कम मत बदर भएका समेत उहाँले जानकारी दिनु भएको छ ।













प्रतिक्रिया