काठमाडौँ, ११ मंसिर । अष्ट्रेलियाका क्रिकेटर फिलिप हग्सको न्यु साउथ वेल्सका बलर सिन एबटको ‘सर्ट पीच’बलले लागेर मृत्यु भएको छ ।
मंगलबार ब्याटिङ गर्दागर्दै १४० किलोमिटर प्रतिघण्टाको रफ्तारको बलले हग्सको कानको पछाडि हेल्मेट छलेर लागेको थियो । उनलाई स्ट्रेचरमा राखेर अस्पताल पुर्याइएको थियो।
२५ वर्षीय क्रिकेटरलाई अस्पतालमा कोमामा राखिएको थियो। उनको सिडनीको अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ।
सन् २००९ मा अस्ट्रेलिया–दक्षिण अफ्रिकाको टेस्ट सिरिजमा ह्युग्सले जोहानसबर्ग मैदानबाट अष्ट्रेलियन टेस्टमा डेब्यु गरेका थिए। डेब्यु खेलमा उनी पहिलो इनिङमा शुन्यमा आउट भएका थिए भने दोस्रो इनिङमा ७५ रन बनाएका थिए।













प्रतिक्रिया