२२ कार्तिक २०८३, आइतबार

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २८ मंसिर । ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् ।

उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताउनुभयो । – रासस