२२ कार्तिक २०८३, आइतबार

चितवनको इँट्टाभट्टामा पुरिएर १ जनाको मृत्यु, ८ घाइते

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन, २६ मंसिर । पूर्वी चितवनको कालिका नगरपालिकावडा नं. ६ मिलिजुलीचोक स्थित बि.के. इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८जना घाइते भएका छन् ।

आज मंगलबार दिउसो करिब ४ बजे इट्टाभट्टाको इट्टातयार गर्ने राउण्डमा काम गर्ने क्रममा राउण्डको भित्ता अचानक भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षिय सलिना डाँगीको मृत्यु भएको हो । उनको कलेज अफमेडिकल साइन्स (पूरानो मेडिकल कलेज) अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनालगत्तै घाइतेहरुलाई चितवनको भरतपुर स्थित नारायणी सामुदायिक अस्पताल पु¥याइएको थियो । घाइते हुनेहरुमा कालिका नगरपालिका, सूर्यपुरकी कान्छीमाया बोमजन, कालिका–३ कि निर्मलाथिङ, कालिका–१ कि सरिताबोमजन, रोल्पा घर भएका रिमाबुढामगर, भुपबहादुर पुन, दिलबहादुर क्षेत्री, दिपापुन रहेका छन् । त्यस्तै भारत बिहार स्थायी घर भएकाअब्दुल रहिमको नारायणी सामुदायिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

इट्टाभट्टामा मजदुरहरु पुरिएपछि तत्कालै एक्साभेटरले खनेर तत्कालउद्धार गरिएको उद्योगका संचालक श्याम कृष्ण महर्जनले जानकारी दिए । सो इट्टाभट्टामा केही वर्ष अगाडि पनि राउण्डको आगोमा परि १ जनाको मृत्यु भएको र चट्याङका कारणपनि मजदुरहरुको मृत्यु तथा घाइते पनिभएको स्थानीयवासीले बताए । २५ वर्ष अगाडि देखि सोही स्थानमा संचालित सो उद्योगमा करिब २ सय ५० कामदार कार्यरत रहेको उद्योगका मेनेजेर शेषकान्त पौडेलले जानकारी दिए ।