काठमाडौं, २६ मंसिर । ६ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोमबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध डेरा गरी बस्ने ओखलढुंगा घर भएकी ६ वर्षीया बालिकालाई दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
दुबैजनाको स्वास्थ्य परीक्षण गराउन अस्पताल लैजानुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।












प्रतिक्रिया