– सलिम अन्सारी
प्यूठान, २५ मंसिर । प्यूठान जिल्लामा बाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ ।
कांग्रेसका प्रा.डा. गोविन्दराज पोख्रेल प्रतिनिधि सभामा पराजित भएका छन् । उनले स्थानीय तहमा कांग्रेसले पाएको भन्दा १५ हजार बढी मत थपे । तर, जित हासिल गर्न भने सकेनन् ।
प्यूठानलार्इ कांग्रेसले चुनाब जित्ने क्षेत्रको सूचीमा राखे पनि डा.पोखरेल बाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलसंग पराजित भए । पौडेल नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहकि कान्छी पत्नी हुन् ।
डा.पोख्रेल राष्ट्रिय योजना आयोगमा दुई पटकसम्म उपाध्यक्ष थिए । राष्ट्रिय भूकम्प पुर्ननिर्माण प्राधिकरणका सिइओको पद छोडेर उनी चुनाब लड्न प्यूठान आएका थिए ।
कांग्रेसले उनलार्इ कम्युनिष्टको गढ तोड्न सक्ने उम्मेदवारका रुपमा जिल्ला पठाएको थियो । तर असफल भए ।
प्रदेशसभाका दुई वटा सिट समेत कांग्रेसले आफ्नो पोल्टामा पार्न सकेन । प्रदेशसभा ‘क’ मा एमालेका हरिप्रसाद रिजालले कांग्रेसका टेकप्रसाद भण्डारीलार्इ पराजित गरे ।
प्रदेश ‘ख’मा कांग्रेस प्यूठानका जिल्ला सभापति अमरप्रसाद भण्डारीलाई माओवदी केन्द्रका जिल्ला संयोजक कृष्णध्वज खडकाले पराजित गरे । ०४८ सालमा जिल्लाको दुबै सिट र ०५१ मा एक सिट बाहेक कांग्रेसले प्यूठानमा जितेको छैन ।
आइतबार राति सम्पन्न प्रतिनिधिसभा तर्फको मतगणना अनुसार १६ हजार २ सय २६ को फराकिलो मतान्तरले निकटम प्रतिस्पर्धी कांग्रेसका पोख्रेललार्इ पछि पार्दै राजमोकि नेतृ पौडेल निर्वाचित भएकी छिन ।
योसंगै प्रतिनिधीसभामा राजमोले प्यूठानबाट खाता खोलेको छ । पौडेलले ४७ हजार ५ सय १४ मत पाइन् ।
पोख्रेलले जम्मा ३१ हजार २ सय ८६ मत मै चित्त बुझाउनु परेको छ ।जिल्लाभरि खसेको कुल ९० हजार ५ सय ४६ मत खसेकोमा ६ हजार ३ सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।












प्रतिक्रिया