२२ कार्तिक २०८३, आइतबार

यी हुन् दाङमा कांग्रेसको इज्जत जोगाउने चौधरी

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ मंसिर । नेपाली कांग्रेसको गढ मानिएको दाङ जिल्लामा नेपाली कांग्रेसका नेता तथा श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभामा जितेर कांग्रेसको इज्जत राखिदिएका छन् ।

दाङ क्षेत्र नं. ३ ‘१’बाट चौधरी विजयी भएका हुन् । कम्युनिष्ट गठवन्धन भएपछि दाङमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नु परेको छ । यसअघि पहिलो संविधानसभामा पनि नेपाली कांग्रेस दाङमा शून्य भएको थियो ।

१७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी माओवादीका जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरे ।

कांग्रेसले जितेको उमेद्वार खोज्नुपर्ने अवस्था रहेकाबेला चौधरीको बिजयले दाङ कांग्रेसजनलाई केही राहत भने मिलेको छ ।

प्रदेशसभा सदस्य निर्वाचित चौधरी पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार समेत थिए । कांग्रेस धेरैपछि रहेका कारण दाङबाट निर्वाचित एमाले नेता शंकर पोखरेल प्रदेश नम्वर ५ को मुख्यमन्त्रीका वलिया दावेदार हुने देखिएको छ ।