अछाम, २४ मंसिर । अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा बामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अक्कल रावल बिजयी भएका छन् ।
रावलले १० हजार ९ सय ८१ मत ल्याउँदै बिजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरत बिष्टले ९ हजार ४० मत प्राप्त गर्नुभयो ।
विष्टलाई रावलले १९ सय ४१ मतान्तरले पराजित गर्नुभयो । सो प्रदेशमा नेकपा मालेका दिल बहादुर बिष्टले ३ सय ४९ मत र नेपाल मजदुर किसान पार्टीका पदम बहादुर बुढाले ७६ मत ल्याउनु भएको छ । २१ हजार ५ सय ५ मत मध्ये १ हजार ५९ मत बदर भएका छन् ।
अछाम क्षेत्र नम्बर २ को पञ्चदेवल बिनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ बडा समावेश रहेको उक्त प्रदेशमा बाम गठबन्धन बिजयी हुँदै खाता खोलेको छ ।












प्रतिक्रिया