
– सुदीप अधिकारी
बर्दिया, २३ मंसिर । बर्दिया जिल्लामा बाम गठबन्धनले जित सुरुवात गरेको छ । बर्दिया क्षेत्र नम्बर १ (क)मा नेकपा (एमाले) र क्षेत्र नम्बर २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् ।
क्षेत्र नम्बर १ (क)मा एमाले उम्मेदवार कविराम थारु २३ हजार ५६० मतका साथ विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सोदे विष्टले २१ हजार १९३ मत प्राप्त गरे ।
त्यस्तै क्षेत्र नम्बर २ (ख)मा माओवादी केन्द्रका उम्मेदवार दिपेश थारु २३ हजार ६३२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नाचुराम थारुले १७ हजार ९१२ मत ल्याएको मुख्य निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । साथै बर्दियामा बाम गठबन्धनका अन्य उम्मेदवारहरु पनि अग्र स्थानमा नै रहेका छन् ।
यहाँको मतगणना शुक्रबार दिउँसो १२ बजेदेखि सुरु भएको थियो । प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा ४३ हजार ३ सय ९४ मत खसेको थियो । जसमा ४२ हजार २ सय ५७ मत सदर भएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । विजयी घोषण लगत्तै कार्यकर्ताहरुले खुशीयाली मनाउँदै अबिर जात्रा गरेर नगर परिक्रमा गरेका थिए ।












प्रतिक्रिया