२२ कार्तिक २०८३, आइतबार

डोटीका तीनै सिटमा बाम गठबन्धनको अग्रता कायम

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली
डोटी, २३ मंसिर । प्रतिनिधि सभामा एक र प्रदेशमा २ सिट रहेको डोटीमा बाम गठबन्धनको अग्रता देखिएको छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बाम उम्मेदवार प्रेम आलेमगरले हालसम्म ५ हजार ४ सय १३ मतका साथ अग्रता लिइरहेका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बहालवाला भौतिक निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले ४ हजार १ सय १ मतका साथ आलेमगरलाई पछ्याइरहेका छन् ।

यता डोटीको प्रदेश (क) अन्तर्गत एमाले डोटीका अध्यक्ष तथा बाम उम्मेदवार चक्र मल्लले ३ हजार ३ सय ६८ मतले अग्रता लिइरहेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार भरत खड्काले ३ हजार २ सय ९२ मतका साथ मल्ललाई पछ्याइरहेका छन् ।

उता प्रदेश (ख)मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् बाम उम्मेदवार त्रिलोचन भट्टले २ हजार ७ सय ३८ मत प्राप्त गरि सबैभन्दा अगाडी रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्र शाहीले २ हजार ५ सय १५ मतकासाथ दास्रो स्थानमा छन् । शुक्रबार राती १० बजेबाट शुरु भएको मत गणना निरन्तर चलिरहेको छ ।