२२ कार्तिक २०८३, आइतबार

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि काठमाडौँमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म काठमाडौँस्थित सार्क सचिवालयमा हुने भएको छ ।

बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवम् क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताए ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । –रासस