२२ कार्तिक २०८३, आइतबार

झापामा मतगणनाको तयारी पुरा, मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० मंसिर । झापामा मतगणनाको सबै तयारी पुरा गरिएको जिल्ला निर्वाचन कार्यलय झापाले बताएको छ । बुधबार निर्वाचन प्रमुख खिलनाथ रेग्मीले मतगणनाको सबै तयारी पुरा गरिएको बताएका हुन् ।

रेग्मीले मतगणना स्थलमा तारजालीको व्यवस्थापन सकिएको र सीसी क्यामेराको जडानलाई समेत अन्तिम रुप दिएको बताए । झापाका ५ वटै निर्वाचन क्षेत्रका मतगणना बिहीबार मतदान लगत्तै बेलुकादेखि गरिने समेत रेग्मीले जानकारी दिए । मतदान सकिए लगत्तै मतपेटिका निर्वाचन कार्यालय ल्याई मतगणना पनि शूरु गरिने निर्वाचन कार्यालयले बताएको छ ।

झापा १ र ३ को मतगणना जिल्ला समन्वय समिति झापाको कार्यालयमा र २ को मतगणना जिल्ला शिक्षा कार्यालयमा, ४ को मतगणना स्काउटको कार्यालय र ५ नम्बर क्षेत्रको हुलाक कार्यालयमा गरिने बताइएको छ । जिल्लाको शान्ति सुरक्षालाई अत्यन्तै कडा समेत पारिएको जिल्ला प्रशासन कार्यालय झापाले बताएको छ ।