२२ कार्तिक २०८३, आइतबार

मानव अधिकार आयोगका कर्मचारी भोट माग्दै गाउँ गाउँमा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १७ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगमा कार्यरत कर्मचारी भोट माग्दै गाउँ गाउँ हिडेको फेला परेको छ ।

मानव अधिकार आयोगमा अधिकृतको पदमा कार्यरत बर्दियाको गुलरिया १ निवासी रबी नेपाली नेपाली काँग्रेसको पक्षमा भोट माग्दै घरदैलो गर्दै हिडेको फेला परेको हो ।

रबी नेपाली स्थानीय तहको निर्वाचनमा समेत भोट माग्दै हिडेको सूचना समेत बाहिर आएको थियो । आयोगमा कार्यरत रबी नेपाली निर्वाचनको समयमा विदा मिलाएर घरमा आउने र नेपाली काँग्रेस पार्टीको प्रचार प्रसार गर्ने गरेको स्थानीयले बताउँने गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको झण्डा मुनी बसेर मत माग्दै हिडेका रबी नेपाली आगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पुनः भोट माग्दै खुलम खुल्ला घरदैलो गर्दै हिडेको स्थानीय गोरख जैसीले बताए ।
अरुलाई मानव अधिकारको पाठ सिकाउने कर्मचारै नै यसरी राजनीतिक दलको खोल ओढेर मत माग्दै हिडेपछि स्थानीय जनताले मानव अधिकारकर्मीलाई हेर्ने दृष्टिकोणमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

यसै विषयमा आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलसंग कुरा गर्दा राष्टिय मानव अधिकार आयोगको कर्मचारी नियमावलीमा ब्यवस्था भए अनुसार कर्मचारीले मताधिकारको प्रयोग गर्न पाउने भएपनि राजनीतिक दलको प्रचार प्रसार गर्न पाउने ब्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो –‘यदि त्यस्तो गरेको भए आयोगको कर्मचारी नियमावली अनुसार कार्वाही हुन्छ ।’

राष्टिय मानव अधिकार आयोगको कर्मचारी जस्तो ब्यक्तिले खुल्ला प्रचार प्रसार किन गरेको भन्ने प्रश्नमा रबी नेपालीले भने –‘आफु नेता पनि होईन प्रचार प्रसार पनि नगरेको भन्दै प्रचार प्रसार गरेको भन्ने आरोप झुटा भएको बताए ।’