परासी, १७ मंसिर । नवलपरासीका बुद्धिजीविहरुले बाम गठबन्धनमा मतदान गर्न आम मतदातालाई अपिल गरेका छन् । वर्तमान परिस्थितिमा मुलुकको समृद्धि र विकास गर्न स्थायी सरकार आवश्यक रहेको र त्यसको सक्षमता बामगठबन्धनमा मात्रै देखिएको भन्दै नेपाल बुद्धिजीवि परिषद् र नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन नवलपरासीले परासीमा आईतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो आह्रवा गरेका हुन् ।
राष्ट्र राष्ट्रियता र जनजिवीकाको सवालमा बामपन्थी राजनैतिक शक्तिले पु¥याएको योगदान र विभिन्न समयमा बामपन्थी शक्ति नेतृत्वको सरकारले अगाडी सारेका तात्कालिक राष्ट्र, राष्ट्रियता र विकास सम्बन्धी नीति योजना कार्यक्रमहरुलाई हेर्दा राष्ट्रिय राजनीतिक बृत्तमा देखीएका राजनैतिक शक्तिहरुको तुलनामा बामपन्थी शक्ति अब्बल र सक्षम रहेको देखिएकै उनीहरुको दावी छ ।
स्पष्ट बहुमत सहितको स्थायी राजनैतिक नेतृत्व पाउन नसक्दा राजनैतिक रुपले अस्थीर, सामाजिक र आर्थिक विकासका हिसाबले मुलुक धेरै पछाडी पर्न गई आम नेपाली नागरिकले शान्ति सुरक्षा र विकासको अनुभुति गर्न नपाएको बुद्धिजीवि कृष्णबन्धु पौडेलले बताए । नेपाली कांग्रेसको नेतृत्वले ब्याक्तिगत स्वार्थ र सत्ताकेन्द्रीत स्वार्थले गर्दा देशलाई अस्थीर बनाउने र त्यसले विकासमा समेत नकारात्मक असर पारेको उनले बताए । अहिले आम जनताको अपेक्षा र राष्ट्रको ऐतिहासिक आवश्यकताको आत्मबोध गर्दै नेपालका दुई ठुला बामपन्थी शक्तिले आफनो साझा मोर्चा बनाएर निर्वाचनमा आएकोले अहिलेको आवश्यकता स्थायी बलियो र सक्षम सरकार नै भएको उनले बताए ।
संयुक्त बाम गठबन्धनको सरकारबाटै राष्ट्रिय स्वाधिनता र विकास सम्भव हुने हुदा आम सचेत नागरिक अगुवा बुद्धिजीवीहरुले अहिलेको संयुक्त बामपन्थी गठबन्धनको पक्षमा मतदान गरी बामपन्थी शक्तिहरुको सरकार निर्माणमा योगदान पुर्याउनुपर्ने बुद्धिजीवि अर्जुन बस्यालले बताए ।
देशको सन्तुलित विकास र समृद्धीका लागि, नेपालको हितानुकुल परराष्ट्र नीति निर्माण र कार्यान्वयनका लागि, राष्ट्रिय पुँजीको निर्माण संरक्षण र प्रवर्धन गर्दै समाजवाद उन्मुख स्वाधिन राष्ट्रिय अर्थब्यवस्थाको विकास गर्न, संविधानको प्रगतिशिल कार्यन्वयन गर्न, बढदै गएको बौद्धिक पलायन रोक्न बैज्ञानिक ज्ञान र शिपमा आधारित प्रविधिको विकास गरि स्वरोजगारको ब्यवस्था गर्न, गुणस्तरिय शिक्षा र शैक्षिक पुर्वाधारः राष्ट्र निर्माणको आधार’, लाई आत्मसाथ गर्दै प्राविधिक र ब्यावसायिक शिक्षालाई सर्वसुलभ र पहुँच योग्य बनाई स्वरोजगार सृजाना गर्न, पछाडि पारिएका वर्ग, क्षेत्र, लिंग र समुदायको सशक्तिकरणका लागि तथा सर्वसुलभ स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता सामाजिक न्याय सहितको ब्यवस्था ल्याउन, नेपाललाई उर्जामा आत्मनिर्भर बनाउन जनसहभागिताका आधारमा उर्जा उत्पादन गर्न, भूमिहिन किसानको ब्यवस्थापन, कृषिको आधुनिकिकरण, ब्यवसायिकरण, किसानलाई विशेष अनुदानको ब्यवस्था गर्न पनि बामपन्थी सरकारको आवश्यकता रहेको बुद्धिजीवि बस्यालले बताए । कार्यक्रम नेपाल बुद्धिजीवि परिषद् नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा भएको थियो ।













प्रतिक्रिया