२२ कार्तिक २०८३, आइतबार

काठमाडौं ४ मा सुबुना बस्नेतलाई भोट माग्दै निर्माता माधव वाग्ले

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । चर्चित फिल्महरु फर्स्ट लभ, लूट, लुट २, छड्के, लभ सासा जस्ता सफल फिल्म निर्माता  माधव वाग्ले आज विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ  निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेद्वार सुबुना बस्नेतको चुनावी अभियानमा सक्रिय भएर उहाँसंगै भोट माग्दै  घरदैलोमा लाग्नु भएको छ । वाग्ले काठमाण्डौ क्षेत्र न ४ को बासिन्दा पनि हुनुहुन्छ ।

उहाँले मैले कुनै पार्टीको विरुद्धमा हैन, परिपार्टीको विरुद्धमा र कुनै व्यक्तिको विरुद्धमा हैन, बेथितिको विरुद्धमा सुबुना जस्ता युवाले जित्नुपर्छ भनेर साथ दिएको हु भन्नु भयो ।

उहाँले स्थानीयबासिको घरमा, चिया पसलहरुमा तथा चोक चोकमा गएर जनताको आकांक्षा र गुनासो बुझ्नुभएको थियो । स्थानीयबासीले अब सक्षम युवा राजनीतिमा आउनुपर्ने र देशको नेतृत्व लिनुपर्ने बताउनुभयो । उक्त भेटघाट तथा घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो ।