२२ कार्तिक २०८३, आइतबार

गुल्मीमा थप एकजना सहायक मतदान अधिकृत खटाएर चुनाव गर्न दलहरु सहमत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १७ मंसिर । कर्मचारी खटाउने विषयमा विवाद निकालेर नेपाली काँग्रेसले बनाएको चुनाव सार्ने बाहना टरेको छ । काँग्रेसले चाहेका मतदान केन्द्रमा २ वटा सहायक मतदान अधिकृत राख्ने बाम गठबन्धनको सहमतिपछि चुनाव सार्ने षड्यन्त्र टरेको हो ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले गत मंसिर ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित मतदान केन्द्रका लागि कर्मचारी छनौट गरेको थियो । तर नेपाली काँग्रेसले भने कर्मचारीले नियुक्ति लिने अन्तिम दिन बामपन्थी पक्षधर कर्मचारी मात्र खटाईएको भन्दै विवाद निकालेका थिए ।

के हो विवाद ?

मंसिर ११ गते प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले गोलाप्रथाको आधारमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत छानेका थिए । निर्वाचन अधिकृत तथा सहायकहरुको तालिम सम्पन्न भई निर्वाचनमा खटिने केहीले नियुक्ति लिएपछि काँग्रेसले विवाद निकालेको हो ।

शुरुको अवस्थामा चन्द्र भण्डारीले जित्ने भनेर कार्यकर्ताले रिपोर्ट गरेपनि अन्तिम समयमा चुनाव नजित्ने रिपोर्ट आएपछि काँग्रेस नेताहरु अताल्लिएका थिए । श्रोतका अनुसार पछिल्लो रिपोर्ट अनुसार चुनाव नजित्ने भएपछि कुनै बाहनामा चुनाव सार्ने षड्यन्त्र स्वरुप कर्मचारीको लफडा निकालिएको हो । ‘कर्मचारीको विषयमा कुनै विवाद भए पहिल्यै जानकारी हुन्थ्यो, अन्तिममा आएर यसरी निहुँ निकाल्नु चुनाव सार्ने षड्यन्त्र हो’ बाम गठबन्धन निर्वाचन परिचालन समितिका एक सदस्यले भने ।

गुल्मीमा २ सय ५१ वटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत गोलाप्रगथाको आधारमा छानिएको थियो । तर अन्य कर्मचारी चाहिँ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समूहले गठन गरेको उच्चस्तरीय कर्मचारी मण्डलले छानेको हो ।

तर गोलाप्रथा र कर्मचारी छनौटमा ‘राजनीति’ गरेर बुथ नै क्याप्चर गर्ने कोशिश गरिएको आरोप काँग्रेस नेताहरुले लगाएका छन् । २२ ठाउँमा बाम गठबन्धनमा आस्था राख्ने कर्मचारीको मात्रै समूह बनाएर निर्वाचन प्रभावित गर्न खोजिएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

एकजना सहायक राख्न बाम गठबन्धन सहमत

आफूले चुनाव हार्ने निश्चित भएपछि सबै कर्मचारीलाई कम्युनिष्ट निकट भनेर लफडा निकालेपनि बाम गठबन्धन भने काँग्रेसको चुनाव सार्ने षड्यन्त्र बुझेर लचिलो बनेको छ । काँग्रेसले ४० ठाउँमा निर्वाचन अधिकृत र सहायकको भूमिका हेरफेर हुनुपर्ने माग राखेपनि बाम गठबन्धनले त्यो अस्विकार गरेको थियो । अन्त्यमा काँग्रेसले कम्युनिष्ट निकट भनेर आरोप लागाईएका कर्मचारी खटेका ४० मतदान केन्द्रमा दुई दुई जना सहायक मतदान अधिकृत खटिने भएका छन् ।

कुनै संगठनमा नदेखिएका कर्मचारीलाई पनि कम्युनिष्टको आरोप लगाएपछि कर्मचारीहरु समेत काँग्रेससँग असन्तुष्ट बनेका छन् भने बाँकी पठाउने कर्मचारी पनि आयोगले नपठाई काँग्रेसको कोटामा जानुपर्ने भन्दै बेखुसी छन् ।