२२ कार्तिक २०८३, आइतबार

टीकापुर घटनाबारे यस्तो आयो प्रमुख योजनाकार लक्ष्मण थारुको नयाँ वयान

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, १७ मंसिर । वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र डेढ वर्षीय नावालक टेकेन्द्र साउदसहित ९ जनाको ज्यान जाने गरी २०७२ भदौ ७ गते भएको घटनामा नेपाली कांग्रेसका नेताहरुको संलग्नता रहेको नयाँ तथ्य बाहिर आएको छ ।

टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका लक्ष्मण थारुले भदौ ७ गते नौ जनाको ज्यान जानेगरी भएको घटना र त्यसको भोलिपल्ट भदौ ८ गते टीकापुरका थारु व्यवसायीहरुको घर पसलमा भएको लुटपाट र आगजनीमा नेपाली कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको बताएका छन ।

थारुले टीकापुर घटनामा निर्दोष मानिसहरुलाई फसाइएको बताउदै स्वतन्त्रपूर्वक छानविनको माग गरेका छन । उनले भनेका छन- ‘सरकारले दोषीलाई कार्वाही र निर्दोषलाई उन्मुक्ति दिनु पर्छ ।’

तत्कालिन फोरम लोकतान्त्रिकका नेता समेत रहेका थारुले कैलाली कारागारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्दै टीकापुर घटनाको भित्रि पाटोको बारेमा खुलस्त पारे ।

भदौ ७ को भोलिपल्ट टीकापुर बजारमा थारु समुदायका घर पसलमा भएको आगजनीमा डिएसपी विश्वराज खड्काको संलग्नता भएको लक्ष्मण थारुले बताएका छन ।

टीकापुरका गुण्डा केटाहरु र प्रहरी सहितको सहयोगमा डिएसपी खडकाको नेतृत्वमा भदौ ८ गते राती थारु समुदायका घर पसलमा लुटपाट र आगजनी भएको प्रमाण आफुसंग भएको थारुको भनाई छ ।

थारुले डिएसपी विश्वराज खडका माथि सरकारले कारवाही नगरे आफुहरुले आदिवासी थारुहरुका घर लुटपाट र आगजनी गर्ने विरुद्द अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन ।