२२ कार्तिक २०८३, आइतबार

कम्यूनिष्ट सरकार बनेपछि गरिब तथा किसानको मुहारमा खुसीयाली आउँछः उम्मेदवार श्रेष्ठ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १७ मंसिर । सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का वाम गठबन्धनका उम्मेदवार लिलानाथ श्रेष्ठले कम्यूनिष्ट सरकार बनेपछि गरिब तथा किसानको मुहार खुसीयाली हुने बताएका छन् ।

गोलबजार नपा ९ मा आज आयोजित गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘बाम गठबन्धनलाई दुई तिहाइ बहुमत आउन जरुरी छ । त्यसैले तपाईहरु वाम गठबन्धनको उम्मेदवारलाई जिताउनुस् । त्यसपछि बन्ने स्थिर सरकारले गरिब तथा किसानको मुहारमा खुसीयाली ल्याउँछ ।’

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार श्रेष्ठले सिरहामा पिछडिएका समुदायको जीवनस्तर सुधार्ने योजना बनाइसकेको बताए । उनले प्रश्न गरे, ‘फोरम र काँग्रेसका नेताहरु विगतमा जितेर मन्त्री बने तर यहाँका जनताका लागि के गरे ?’ फोरम र काँग्रेससँग विकास गर्ने योजना छैन, बरु गाली गर्न मात्र सिकेकोछ, त्यसैले यो चुनावमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने धारणा राखे ।

उनले आफू नजितेपछि यहाँका सयौं यूवालाई रोजगारी दिएको, उत्तरी क्षेत्रमा बोडिङ्हरु जडान गरेर खानेपानीको समस्या केहिभएपनि समाधान गर्ने प्रयास गरेको, केहि सडक निर्माण गरेको जस्ता कामहरु गरेकोले आफूमाथि विश्वास गर्न मतदातासँग अपिल गरे । उनले कोशीको पानी कमलामा ल्याएर खेतखेतमा सिँचाई पुर्याउने र उत्तरी भेगमा खानेपानीको समस्या समाधान गर्ने पनि प्रतिवद्धता जनाए ।

उम्मेदवार श्रेष्ठले कम्यूनिष्ट सरकार बनेको हरेक पटक जनताले चाहेको कुनै न कुनै योजना ल्यायो तर अहिले काँग्रेसले गलत भ्रम फैलाएर जनतालाई भ्रमित पार्न खोजेको आरोप लगाए । उनले भने, ‘काँग्रेस आत्तिएर अनेकौं भ्रम फैलाउँदै हिडेका छन् । तर त्यस्तो भ्रमको पछाडी तपाईहरु नपर्नुस् । अब ढुक्क हुनुस वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर स्थिर सरकार बताउँछ ।’