२२ कार्तिक २०८३, आइतबार

७ नम्बर प्रदेशको राजधानी कहाँ ? लेखराज भट्टले दिए यस्तो जवाफ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले बाम गठबन्धनले थारु र रानाथारु समुदायलाई विशेष महत्व दिएको बताएका छन् । पत्रकार सम्मेलनमा नेता भट्टले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि हामीले थारु समुदायलाई महत्व दिएर उम्मेदवार बनाएका छौं ।’

गठबन्धनले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ २ ठाउँमा, प्रदेश सभामा प्रत्यक्षतर्फ ४ ठाउँमा र समानुपातिकमा ८ जनालाई उम्मेदवार बनाएको भट्टले बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभासंगै राज्यका हरेक अंगमा जनसंख्याको अनुपातको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवद्धता गर्छौं ।’

उम्मेदवार भट्टले कैलाली, कञ्चनपुरको थारु बाहुल क्षेत्रलाई स्वायत्त वा विशेषाधिकार क्षेत्र स्थापित गर्ने प्रतिवद्धता जनाए । कञ्चनपुरमा पनि रानाथारु समुदायका लागि स्वायत्त क्षेत्र बनाइने नेता भट्टले बताए । ‘हामीलाई थारु विरोधीका रुपमा हेरिदै छ । तर उम्मेदवार हेर्दा पनि त्यो गलत देखिन्छ । युद्धकालमा पनि थारु समुदायको ठूलो योगदान छ । हामीले थारु समुदायलाई सधै उच्च महत्व दिएका छौं ।’

उनले सघन जनसंख्या भएको क्षेत्रलाई प्रदेशको राजधानी बनाउनु पर्छ भन्नेमा आफूहरु सकारात्मक रहेको बताए । नेता भट्टले निर्माणाधिन गेटा मेडिकल कलेजमा सिकलसेलको निदान र उपचारका लागि छुट्टै विभाग स्थापना गर्ने प्रतिवद्धता समेत जनाएका थिए । ‘थारु समुदायलाई राजनीतिक नेतृत्व र राज्यका हरेक निकायमा स्थापित गराउन र पहिचान सुनिश्चित गर्न गठबन्धन प्रतिवद्ध छ ।’ भट्टले भने ।