अमेरिका । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा शेरबहादुर देउवा समूहका आनन्द बिष्ट बिजयी हुनुभएको छ ।
महासमिति सदस्य बिष्ट र समितिका निवर्तमान संयोजक बिष्णु सुबेदीबीच प्यानल नै बनाएर भएको निर्बाचनमा बिष्ट आफ्नो टिमको बहुमत सहित बिजयी हुनुभएको हो । कार्य समितिमा पनि मिश्रित परिणाम आएको छ ।
बिष्ट नेतृत्वको नब निर्बाचित कार्य समिति यस प्रकार छ:
बरिष्ठ उपाध्यक्ष: धनन्जयनरसिंह केसी
उपाध्यक्ष : चेतप्रसाद पौडेल, भगवान् प्रसाद मैनाली, धर्मराज श्रेष्ठ
महासचिव: मुनेन्द्र नेम्बाङ
सचिव: ईश्वर सापकोटा र भोजराज थोकर
कोषाध्यक्ष: बिजय थुलुङ
सदस्यहरु
माया कडायत पौडेल
रबिन बस्नेत
अमृत भट्टराई
गोकुल ढकाल
ज्ञानेन्द्र कार्की
गोपाल बिश्वकर्मा
हरि शर्मा
हरिबोल भण्डारी
केशब बराल
किलन्चन्द्र राई
लोक ब लामा
मान्ती कु शाह
ओम भटराई
पबिता परियार
पिताम्बर भुषाल
प्रमोद सिटौला
सन्तोष पहारी
सुभेन्द्र रानाभाट
सुबास लामा
सुन्दर गुरुङ
अमेरिकाभरबाट टेक्सासको डलासमा झण्डै १ हजार कांग्रेस कार्यकर्ताबीच अधिवेशन भएको थियो । अधिवेशनको उदघाटन उपसभपाति रामचन्द्र पौडेलले गर्नुभएको थियो । अधिवेशनमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, डा प्रकाशशरण महत र कांग्रेस जनसम्पर्क विभागका अध्यक्ष तथा केन्द्रीय सदस्य अर्जुन जोशीलगायतले अतिथिका रुपमा अधिवेशनमा भाग लिनुभएको थियो । यसैगरी सभासद् धुव्र वाग्ले तथा दीपक गिरीले समेत अधिवेशन सहभागी जनाउनुभएको थियो ।
















प्रतिक्रिया