टीकापुर, १६ मंसिर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य कर्णवहादुर थापाले मुक्त कमैया र सुकुम्वासी समस्या समाधान गर्ने बताउनु भएको छ ।
आज बिजयनगर मुक्तकमैया शिविरमा आयोजित वाम गठबन्धनको सयुक्त चुनावी सभालाई सम्बोधन गदै निर्वाचनपछि वाम गठबन्धनको स्थायी सरकार बनेपछि मुक्त कमैया र सुकुम्वासीको समस्या समाधान हुने बताउनु भयो ।
उहाँले मुलुकलाई स्थीर प्रदान गरि समृद्धि बनाउने वाम गठबन्धन बनेको चर्चा गदै निर्वाचनपछि दुई तिहाईको वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गर्नु भयो । पूर्व मन्त्री समेत रहनु भएका थापाले देशको विकास अव वाम गठबन्धनले नै गर्ने बताउनु भयो ।
कार्यक्रमा कैलाली क्षेत्र नं. १ को प्रतिनिधी सभाको सदस्यमा उम्मेवदार बन्नु भएका गरिमा शाहले एउटा पहाडिया छोरी र थारुको छोरा मिलेर टिकापुरमा सामाजिक सद्भाव कायम राख्ने बताउनु भयो । ‘हामी पहाडिया र थारु मिलेर यहाँको सद्भाव कायम गर्दछौ’उहाँले भन्नुभयो–‘ त्यसैले हामी दुईलाई जिताउनु होस् ।’
आफूले पहिले पनि सुकुम्वासी र मुक्तकमैयाका समस्या समाधान गरेको उल्लेख गदै उहाँले आफूले जिते जग्गा पाउनबाट छुटेका मुक्तकमैया र सुकुम्वासीलाई जग्गा दिलाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश खका उम्मेदवार नेपवहादुर चौधरीले वाम गठबन्धनका स्थायी सरकार बन्नका लागि मुक्त कमैया र सुकुम्वासीको मत आवश्यक रहेको बताउनु भयो ।
उहाँले बाम गठबन्धनका उम्मेदवारले जिते मुक्तकमैया सुकुम्वासीका समस्या समाधान हुने बताउनु भयो ।
माओवादी केन्द्रका नेता हरि ज्ञवालीले विगतमा कम्युनिष्टले मुक्त कमैया र सुकुम्वासीलाई सम्मान गरेको भन्दै अव पनि उनीहरुको शिक्षा,स्वास्थ्य रोगजारीमा ध्यान दिने बताउनु भयो ।
यसैबीच वाम गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्र पारेको छ । निर्वाचन मिति नजिकिएपछि चुनावी कार्यक्रमलाई तीव्र पारिएको निर्वाचन परिचालन कमिटीका रंग अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार आज टिकापुर नपा वडा नं. १ र वडा नं. ९ मा चुनावी कार्यक्रम तीव्र पारेको हो । क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार गरिमा शाह र प्रदेश क का लालविर चौधरी र प्रदेश खका उम्मेदवार नेपवहादुर चौधरीले निर्वाचन चुनावी अभियानलाई तीव्र पारेका हुन ।
घरदैलो कार्यक्रम सकेको एमाले अव आन्तरिक भेला र बैठक गरिरहेको एमाले जिल्ला कमिटी सदस्य द्धारिका न्यौपानले बताउनु भयो ।













प्रतिक्रिया