२२ कार्तिक २०८३, आइतबार

शुभकामना साटासाट गर्दै कँडेल घरदैलोमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, १६ मसिर । एकिकृत राप्रपा (राष्ट्रवादी)बाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार तेजनारायण कँडेलले शनिबार नेपालगन्ज उपमहानगरपालिकाको गणेशपुर, घरबारीटोल क्षेत्रमा घरदैलो गरेका छन् । मुस्लिम समुदायको महान पर्व मोहम्मद डेको शुभकामना साटासाट गर्दै कँडेलले घरदैलो गरिरहेका छन् ।

मोहम्मद डेको शुभकामना दिदै एकिकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेलले मोहम्मद डेको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै चुनावमा आफुलाई भोट हालेर जिताउन अपिल गरे । सो क्रममा कँडेल सहित प्रदेश सभा(२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता चुनावी घरदैलोमा छन् । दोस्रो चरणको निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचन प्रचार–प्रसारका लागी उम्मेदवारलाई पर्सि सम्मको समय सीमा छ ।

शनिबार पनि बिहानैदेखि बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा उम्मेदवार चुनावी घरदैलोमा खटिएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ९ जना जनप्रतिनिधि छान्न १ सय ३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसका लागि २ लाख ७६ हजार ७ सय १८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । १ सय ३६ मतदानस्थल रहेको बाँकेमा ३ सय २७ मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर २ मा करिव ८३ हजार मतदाता रहेका छन् ।