काठमाडौँ, ८ मंसिर । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द समुहले पार्टीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गरेको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यले वर्ग संघर्षको नेतृत्व गर्न नसक्ने र पार्टीलाई पनि नेतृत्व दिन नसक्ने भन्दै विप्लव समुहले सोमबार विज्ञप्ति निकालेर सम्बन्ध विच्छेद गरेको घोषणा गरेको हो ।
‘नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता बनाउने भन्नेमा पार्टीभित्र बहस चल्दै आएको थियो । यसमा हाम्रो गम्भीर मतान्तर देखा परे,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्र्टी नेतृत्वबाट ती कुरा हल हुने संकेत नदेखिएपछि हामीले सम्वन्ध विच्छेदको घोषणा गरेका हौँ ।’
चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा आगामी रणनीति छलफलपछि तय गर्ने उल्लेख छ ।
‘















प्रतिक्रिया