६ कार्तिक २०८३, शुक्रबार

संविधान निर्माण नभएसम्म सरकारमा सहभागि नहुने मधेस केन्द्रित दलको उद्घोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uppendra-padavकाठमाडौँ, ८ मंसिर ।  तराई मधेस केन्द्रित झण्डै आधा दर्जन पार्टीहरुले संयुक्त मोर्चा गठन गरेका छन्।

संविधान जारी गर्न दबाब दिनका लागि भन्दै उनीहरुले सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच संयुक्त मोर्चा घोषणा गरेका हुन् ।
मोर्चा गठनपछि उनीहरुले संविधान जारी नभएसम्म कुनै पनि मधेसी पार्टी सरकारमा नजाने निर्णय समेत गरेका छन् ।

मोर्चामा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराइ मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको राष्ट्रिय तराई मधेस पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी सहभागी छन्।