२९ आश्विन २०८३, बिहिबार

नेपाल हङकङसँग दुई विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepal

काठमाडौँ, ८ मंसिर ।   टी–ट्वेन्टी इन्टरनेशनलमा नेपालसँग हङकङ २ विकेटले विजयी भएको छ  । नेपालले हङकङलाई जितका लागि ७३ रनको सामान्य चुनौती दिएको थियो ।

अन्तिम ओभर खेल्दै हङकङले जित हात पारेको हो ।  टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।

श्रीलंकाको कोलम्बोमा स्थानीय समयअनुसार विहान १० बजेबाट शुरु भएको खेलमा  नेपालका लागि  सोमपाल कामी सर्वाधिक ४० रन बनाउन सफल भएका थिए ।
नेपालका अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका नरेश बुढा ऐर र ज्ञानेन्द्र मल्लले समान ५ रन जोडेर आउट भएका थिए ।