२२ कार्तिक २०८३, आइतबार

जैतुन नर्सरीमा तोडफोड, १२ लाख क्षतिपूर्तिको मागसहित प्रहरीमा उजुरी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १४ मंसिर । राउते रवा कबुलियती वन क्षेत्र भित्र निर्माण गरिएको ग्रिन हाउसमा तोडफोड गरी क्षति पुर्याएको छ । बडिमालिका नगरपालिका ९ राउते रवामा रहेको जैतुन बगैचा तथा नर्सरी संरक्षित क्षेत्रमा ११ गते राती तोडफोड गरेको हो । तोडफोडका कारण १२ लाख बढीको क्षती भएको बताईएको छ ।

११ गते राति अज्ञात समुहले जैतुन बगैचा तथा नर्सरी संरक्षीत क्षेत्रमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जैतुन बगैचा भित्र रहेका १५ सय जैतुनका बिरुवामा क्षती पुगेको छ । आशंकामा बडिमालिका नगरपालिका –८ का विरेन्द्र अयडीलाई नियन्त्रणमा लगिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जैतुन बगैचा तथा नर्सरीका लागि नेपाल सरकार जिल्ला कृषि बिकास कार्यालय, उद्योग बाण्ज्यि संघको सयुक्त पहलमा ५ लाख ९९ हजार सात सय अनुदान र ६ लाख स्थानीयको श्रमदाननबाट निर्माण भएको हो ।

ग्रिन हाउस भित्र अन्यन्त्र सार्नका लागि बेर्नाका रुपमा १५ सय बोट रोपिएका थिए । २२ परिवारको स्वामित्व रहेको कबुलीयती वन समितिको गरिएको लगानीमा निर्माण गरिएको ग्रिन हाउसमा क्षती पुर्याएपछि उजुरी गरिएको अध्यक्ष गचे चदाराले बताए । ग्रिन हाउसमा जिल्ला बाहिरबाट बोटहरु ल्याएर जैतुनको बेर्ना सारिएको थियो । जैतुन महँगो वनस्पति र मूल्यवान तेल उत्पादन हुने विरुवामा पर्दछ ।

समितिद्धारा प्रहरीमा उजुरी

राउते रवा कबुलियती वन क्षेत्र भित्र निर्माण गरिएको ग्रिन हाउसमा तोडफोड गरी क्षति पुर्याएको भन्दै उजुरी परेको छ । वन समितिका तर्फबाट क्षतिपूर्ति भरीभराउको माग सहीत जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

समितिले काँग्रेस सक्रिय कार्यकर्ता बडिमालिका नगरपालिका ८ अयडीवाडा बस्ने वीरेन्द्र अयडी लगायतको नाममा उजुरी दिएको प्रहरीले बताएको छ । समिति अध्यक्ष गचे चदाराका अनुसार मंसिर ११ गते राती ग्रिन हाउसको पलाष्टिक सहीत जैतुनका बोटहरुमा क्षति पुर्याएको बताए ।

प्रहरीले उजुरीमा नाम उल्लेखित वीरेन्द्र अयडीलाई नियन्त्रणमा लिएको छ । सोधपुछका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भईरहेकोले थप पक्राउ पर्ने प्रहरीले बताएको छ । प्रहरीको टोली मार्फत उक्त ग्रिन हाउसमा भएको क्षतिको स्थलगत अध्ययन गरेको छ ।

हाउसमा भएका बोटहरुलाई समेत नोक्सानी गर्ने गरी तोडफोड गरिएको र पलाष्टिकलाई पुरै च्यातचुत पारेको टोलीमा संलग्न हवल्दार गगन जेठाराले बताए । माथिबाट ढुङ्गा हानेको र पछि भित्रै गएर बोटहरुमा तोडफोड गरेको उनको भनाई छ ।