२२ कार्तिक २०८३, आइतबार

बर्दियामा काँग्रेसले जित्ने कुनै आधार छैनः बामदेव गौतम

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १४ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार बामदेव गौतमले बर्दिया काँग्रेसले जित्ने कुनै आधार नभएको बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा सुनावी सभालाई सम्बोधन गर्दै गौतमले विगतका निर्वाचनको आधार मान्दा काँग्रेसले कुनै हालतमा पनि बर्दियामा जित्न नसक्ने ठोकुवा गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले चोरबाटो र बर्दियाली सोझा जनतालाई फकाईफुलाई प्रलोभनमा पारेर जित्ने बाहेक अर्को कुनै विकल्प नरहेको बताए । बर्दिया क्षेत्र नम्बर १ को स्थानीय तहको निर्वाचनमा आएको जनमतलाई आधार मान्ने हो भने पनि काँग्रेस र बाम गठबन्धनको मताअन्तर ३० हजार रहेको उनले बताए । यसकारण बाम गठबन्धनले सजिलै जित हासिल गर्ने उनले बताए ।

गौतमले अहिले काँग्रेसले बर्दियामा जित्ने आधार नदेखेपछि बाम गठबन्धनलाई आरोप लगाएर जनतालाई भ्रम फैलाइरहेको स्पष्ट पारे । काँग्रेसले अहिले सम्म बर्दियामा कुनै पनि काम नगरेको खुलासा गर्दै उनले काँग्रेसलाई गरेको काम देखाउन चुनौती समेत दिए ।