६ कार्तिक २०८३, शुक्रबार

तपाईंको सवारी साधन जोर कि बिजोर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bike_Kathmandu

काठमाडौं ८ मंसिर । सार्क सम्मेलनका लागि भन्दै काठमडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

सवारी व्यवस्थापन सहज बनाउन भन्दै ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि जोर–बिजोर प्रणाली लागू गरेपछि सर्वसाधारण मर्कामा परेका हुन् । यो नियम लागू भएको पहिलो दिन सोमबार धेरै सर्वसाधारणले आफ्ना सवारी साधन चलाउन पाएका छैनन् भने सडकमा भाडाका गाडी पनि अत्यन्त न्यून छन् ।

ट्राफिक प्रहरीका अनुसार, जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन मात्र चलाउन पाइन्छ भने बिजोर गते बिजोर नम्बर भएको सवारी साधन । मंसिर १२ गतेसम्म ५ दिन यो नियम लागू हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन, गृहमन्त्रालयको पास लिएका सरकारी गाडी, कुटनीतिक नियोग, हरियो नम्बर प्लेटका पर्यटक सवारीमा भने जोरबिजोर प्रणाली लागू हुने छैन । त्यस्तै प्रेस पास लिएका सवारी र विवाहका लागि दुलाह दुलही चढेको सवारीलाई पनि यो नियम लाग्ने छैन ।

त्यस्तै दुध, तरकारी, पानी तथा पेट्रोलियम पदार्थ बोकेका सवारीलाई बिहान ६ बजे अगाडिसम्म र राती विशिष्ट पाहुना होटलमा पसिसकेपछि जोर विजोर लागु नहुने जनाइएको छ ।

यसैबीच सम्मेलन स्थल राष्ट्रिय सभागृहको नजिकै भएकाले पुरानो बसपार्क पनि आजदैखि खाली गरिने भएको छ । त्यहाँबाट आउने जाने गरेका गाडीलाई अन्यत्र विभिन्न ५ ठाउँमा व्यवस्था मिलाइएको पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।