चितवन, १३ मंसिर । संयुक्त वाम गठवन्धन चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोखरेलले शक्तिखोर र सिद्धिलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।
निर्वाचनको सन्दर्भमा वुधबार आयोजना गरेको कोण सभामा वोल्दै उहाले पहाडी र तराइ क्षेत्र जोड्ने स्थान रहेकाले यस क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रसस्त स्थान भएको बताए । झरना, ग्रामिण वस्ती, चेपाङ्ग समुदायको सस्कृति, यहाँको भौगोलिक अवस्था, चितवनको पुरानो सदरमुकाम लगायतको स्थान पर्यटकीया क्षेत्रको रुपमा विकास गर्न सकिने ठाउहरु भएको बताए ।
यहीको जस्तै स्थानहरुलाई वाहिरी राष्ट्रले विकास गरेर लाखौ पर्यटक भित्राउने र आर्थिक उपार्जन गरीरहेको सन्दर्भ भएको भन्दै आफूले यस्ता स्थानलाइ प्राथमिकतामा राखेर विकास गर्ने बताए । सदरमुकामबाट केही समयको यात्रा पछि पुग्न सकिने यस्ता रमणीय स्थान प्रचार प्रसारको कमी तथा विकासको पूर्वाधारको अभावले पछाडि परेको बताए ।
त्यस्तै गरी कयर खोलालाई स्थायी प्रकतिको तटवन्धन गरेर खेती योग्य जमिन सुरक्षा गर्ने बताए । हामीले कृषकको आम्दान िगर्ने तर्फ ध्यान दिएका छौ व्यवसायिक कृषि खेती गर्नको लागि योजनावद्ध रुपमा काम अगाडि वढाउने बताए । जनताले दिएको जिम्मेवारी पूरा गरी संविधान जारी गरेर आएका छौ उनले भने अव कार्यान्वयन गरी विकास र सम्वृद्धि तर्फ ध्यान जाने छ ।
कार्यक्रममा क्षेत्र नं. २ को प्रदेश १ का उम्मेदवार धनश्याम दाहाल अभिनाशले कयर खोलाको तटवन्धन आवश्यक रहेको बताए । हामी एक साथ छौ यहाँको जनताको आवश्यकतालाई पूरा गर्नको लागि । हामी कुरा होइन कामको पक्षमा छौ दाहालले भने यहाँको सडकलाई कालोपत्रे गर्ने , औद्योगिक क्षेत्र स्थापना गरी वेरोजगार समस्या समाधान गर्ने, सिचाइको लागि प्रवन्ध गर्ने जस्ता काम गर्नको लागि हामी तयार छौ । जनताले विश्वास गरेर हामीलाई मतदान गरे अहिले भनेका कुराहरु हामीले पाँच वर्षमा पूरा गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । आर्थिक सामाजिक क्षेत्रबाट पछाडि परेका समुदायको सुरक्षाको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । गठवन्धनले सिद्धि, शक्तिखोरका विभिन्न गाउमा घरदैलो गरेका थिए । गाउघरमा पुगेको नेताहरुलाई स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।
कृषिमा प्रविधि भित्राउन आवश्यक: पाण्डे
यस्तै, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले कृषि क्षेत्रमा प्रविधि भित्राउन आवश्यक रहेको बताएका छन् ।
राप्ती नगरपालिकाको विभिन्न वडामा वुधबार आयोजना गरेका कोण सभामा सम्वोधन गर्दै परम्परा खेतीबाट आम्दानी गर्न नसकिने बताए । कृषिमा आधुनिकीकरण नगरेसम्म व्यवसायिक खेती हुन नसक्ने बताए । ठुलो फराकिलो जमिनमा खेती गर्ने र त्यहाँ प्रविधिबाट खेती लगाउने, भित्राउने काम गर्नु पर्दछ उनले भने अव हामी व्यक्ति खोजी खोजी खेती गर्ने होइन प्रविधिले खेती गर्ने छ । प्रविधिलाई चलाउनको लागि थोरै जनशक्ति भए पुग्छ ।
पूर्वी चितवनको विभिन्न क्षेत्रमा माछा पालन हुने गरेको छ । उन्नत जातको माछा पालेर त्यसलाई ताजै विक्री गर्नको लागि आधुनिक ढुवानी ट्ङ्गकी चाहिन्छ जसले घण्टौ लगाएर जिल्ला वाहिर जाँदा पनि त्यसको गुणस्तरीयतामा कमी आउदैन । त्यस्तो प्रविधि ल्याएर ढुवानी गर्ने, माछा पालनका लागि पोखरी निर्माण गर्ने, पोखरीमा धेरै माछा पालेर उत्पादन गर्ने विधि अपनाउने जस्ता कार्य गर्नु पर्ने उनले बताए ।
आधुनिक खेती कसरी गरिन्छ भन्ने विषयमा विदेशमा भएका कामको अध्ययन गर्ने र त्यहाको जस्तै विकास गर्न सकिने अपनाएर काम गर्न सकिन्छ । उनले भने धानखेती, मकै खेती, तरकारी खेती लगायतका कृषि उत्पादनाई अव आधुनिकीकरण तर्फ लैजानु आवश्यक रहेको बताए । अहिले भइराखेको खेती निर्वाह मुखी भएकाले यसबाट केही मात्रामा गुजारा चलाउन मात्र सकिने हुन्छ उनले भने त्यो भन्दा माथि उठेर हामीले काम गर्न सकिन्छ ।
हामीसंग भएको पानी, जमिनको उपयोग गरेर प्रसस्त आम्दानी गर्न सकिने नयाँ खेतीहरु गर्न सकिन्छ त्यस तर्फपनि हामीले ध्यान दिनु जरुरी छ । हाम्रो जस्तो मुलुकमा के खेती पर्न सकिन्छ यहाँको पशु पालनलाई कसरी व्यवसायिकी करण गर्न सकिन्छ भन्ने विषयमा अनुसान्धन गरेर काम गर्नु पर्ने बताए । हामीले अनुसन्धनमा ध्यान दिदैनौ जती अध्ययन अनुसन्धानबाट पत्ता लगाएर काम गर्न सकिन्छ त्यही हाम्रौ जीवन स्तर उकास्नको लागि मद्दत गर्नछ ।
घर दैलो कार्यक्रममा प्रदेश सभा १ का उम्मेदवार दावा लामाले खेती योग्य जमिन कटाउन गर्ने खोलालाई नियन्त्रण गरेर वाढी बाट सुरक्षित क्षेत्रको रुपमा लैजान आफू तयार भएको बताए । कृषिलाई व्यवसायि करण गर्नको वाहिरी देशको विधि अपनाउन सकिने बताए ।













प्रतिक्रिया