२२ कार्तिक २०८३, आइतबार

ब्रह्मकुमारीले बामपन्थीलाई भोट दिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १३ मंसिर । बराह नगरपालिका ५ स्थित ब्रह्मकुमारी राजयोग पाठशालाका सदस्यहरुले बाम गठबन्धनलाई मतदान गर्ने भएका छन् । बुधबार बामगठबन्धनका उम्मेदवारहरुलाई निर्माणाधिन पाठशालामा स्वागत गर्दै बामगठबन्धनलाई नै भोट दिने बताएका हुन् ।

ब्रह्मकुमारी अनिता दिदीले विगतमा पनि मतदान गरेको उल्लेख गर्दै यसपाली पनि मतदान गर्ने बताइन् । उनले पाठशालाको भवन पुरा गर्न आर्थिक सहयोगको खाचो रहेको पनि उम्मेदवारहरुसँग आग्रह गरेकी थिइन् ।

एमाले सचिव एवं प्रदेशसभा(ख)का उम्मेदवार भीम आचार्यले विगतमा गुम्बा, मठमन्दिर राई, लिम्बूका सँस्कृति संरक्षणमा बजेट उपलब्ध गराएको उल्लेख गर्दै पाठशाला निर्माणमा पनि बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।