२२ कार्तिक २०८३, आइतबार

वाम उम्मेदवार भन्छन्- वृद्धभत्ता रोकिदैन, ५ हजार पुग्छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १३ मंसिर । लोकतान्त्रीक गठबन्धनले वृद्ध भत्ता रोक्ने भन्दै वृद्धवृद्धाहरुमा त्रास फैलाएको बताउदै बाम गठबन्धनबाट सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रदिप भण्डारीले बहुमतको बामपन्थी सरकार बनेपछि वृद्ध भत्ता ५ हजार पुर्याउने बताए ।

धरान ६ स्थित पानवारीको लिम्बु चौरमा घरदैलो पछिे कोणसभालाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान स्वरुप सुरु भएको वृद्ध भत्ता कसैले रोकेर नरोकिने विश्वास दिलाए । ‘केही राजनितिक दलका मित्रहरुले वृद्ध भत्ता रोकिदिन्छौं भनेका छन्, तर यो ज्येष्ठ नागरिक, आमाबुबाहरुको सम्मान स्वरुप दिएका हौं, उनले भने, ‘कसैले रोकेर रोकिदैन, बरु बामगठबन्धनको सरकारले मासिक ५ हजार रुपैया पुर्याउछौं ।’ वृद्ध भत्ता रोकिदिने भन्दै कोही आएका त्यस्ता व्यक्तिको भ्रममा नपर्न उनले आग्रह गरे ।

स्थानीय तहमा भएका समस्या समाधान गर्दै देश, गाउँ, टोलको मुहार फेर्न ५ वर्ष सम्म कसैले हल्लाउन नसक्ने गरी बाम गठबन्धनको सरकार आवश्यक रहेको बताए । स्थानीय तह, प्रदेश र केन्द्रिय सरकार एउटै पार्टीको स्थायी सरकार बनाउन बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि उनले आग्रह गरे । उनले स्थानीय निकायको निर्वाचन पछि वडा नम्बर ६ मा बनेको नेकपा एमालेको नेतृत्वले विभिन्न विकाशका कार्यहरु अघि सारिसकेकाले त्यसलाई पुरा गर्न पनि प्रदेश र केन्द्रमा बामगठबन्धनको सरकार आवश्यक रहेको बताए ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङले स्थानीय युवाहरुलाई स्थानीय तहमै रोजगारको सृर्जना गर्ने प्रतिबद्धता जनाइन् । प्रत्येक दिन युवाहरु विदेशिने भएकाले देशको कृषि, उद्योगहरु संचालन गर्न नसकेकाले देशमै रोजगारीको व्यवस्था दिलाउन बामगठबन्धनको प्रतिबद्धता रहेको उनले बताईन् । देशका ठुला परिवर्तनहरु बामपन्थीहरुको एकता कै बलमा भएको स्मरण गराउँदै श्रेङले पछिल्लो समय आएको जनताको अधिकार सम्पन्न संविधान कार्यान्यवन गर्न पनि बामगठबन्धनकै जिम्मेवारी रहेको बताईन् । संविधानमा उल्लेख भएका अधिकारहरुको रक्षा गर्दै देश विकाश र समृद्धको लागि बामगठबन्धनको आवश्यक्ता रहेकाले बहुमतले जिताउन आग्रह गरिन् ।

पानवारीको स्कुल डाँडा देखि, लामाचौर हुँदै माथिल्लो पानवारी, तल्लो पानवारीका घर घरमा बामगठबन्धनका उम्मेदवारहरु जनताको दुख र आवश्यक्ता बुझ्दै घरदैलो गरेका छन् । स्थानीयको आवश्यकताहरु पुल, बाटो, ढल निर्माणका लागि स्थायी सरकारको आवश्यकता भएकाले ५ वर्षका लागि बामगठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।