धरान, १३ मंसिर । एमाले जिल्ला नेता एवं सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा उम्मेदवार जयकुमार राईले भारतीय नाकाबन्दीले जनता रोइरहेको बेला ‘नाकाबन्दी नै छैन’ भन्ने कांग्रेस र ‘६ महिना नाकाबन्दी थोरै भयो’ भन्ने पार्टीका उम्मेदवारलाई जनताले मतदान नगर्ने विश्वास व्यक्त गरेका छन् ।
बराह नगरपालिका ३, स्थित खोरियामा आयोजित कोणसभालाई सम्बोधन गर्दै बाम गठबन्धनका साझा उम्मेदवार राईले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुदा नाकाबन्दी लगाउनुपर्छ भन्दै लैनचौरस्थित भारतीय दुतावास पुग्ने फोरम नेता अहिले कांग्रेसको बुई चढेर चुनाव लढ्न आएको पनि बताए । ‘जनता ग्यास, पेट्रोल, डिजेल र औषधी पनि नपाएर छटपटाइ रहेको बेला कांग्रेसले त नाकाबन्दी नै छैन भन्यो, फोरमले त १ बर्ष नै नाकाबन्दी लगाउनुपर्छ भन्यो । उनीहरु भारतीय दुतावास पुगेर राकेश सुदलाई पनि भेटेर त्यसै भने,’उम्मेदवार राईले भने,‘जनतालाई रुवाउनेहरु अहिले कुन अनुहार लिएर भोट माग्दै आउदैछन् ? अब जनताले फैसला गर्नुपर्छ, राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिने पार्टीलाई भोट दिने कि जनता रोइरहेको बेला नाकाबन्दी छैन भन्नेलाई भोट दिने ।’
नाकाबन्दी विरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार सत्तिसाल झै उभिएर भारत भ्रमणको निम्तोलाई पनि अस्वीकार गरेको उम्मेदवार राईले मतदाताहरुलाई स्मरण गराए । नेपालसँग भारत झुकेर नाकाबन्दी खोलेपछि मात्र प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको भन्दै राष्ट्रियता, स्वाधिनताको पक्षमा लड्ने बामपन्थी पार्टीलाई मतदान गरेर जिताउन पनि उनले मतदाताहरुसँग आग्रह गरे । ‘भारतले भ्रमणमा निम्ता दिदा पहिला नाकाबन्दी खोल, अनि मात्र आउछु भन्नुभयो । आजित भएर भारत झुक्यो, त्यसपछि मात्र ओली जानुभयो,’उनले भने ।
बामपन्थीहरुको बहुमतको सरकार कहिल्यै नभएपनि दलित, वृद्धवृद्धा, एकल महिलालाई भत्ता दिलाएको, गाउँमा बजेट पुर्याएको, लोडसेडिङ अन्त्य गरेको, स्वरोजगार कार्यक्रम, सहकारीलगायत लोकप्रिय कार्यक्रम ल्याएको खुलाउदै उनले अब बहमुतको सरकार बनेपछि गरिब, किसान, सुकुम्बासी, युवा, दलित, महिला सबै बर्गको हितमा काम गर्ने र विकास ल्याउने बताए । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार उमिता बराइलीले पनि बर्षैपिच्छे सरकार फेरिदा जनताको काम गर्न नपाएकोले अब बाम गठबन्धन भएको बताए ।













प्रतिक्रिया