२२ कार्तिक २०८३, आइतबार

उदयपुर बम विष्फोटः कांग्रेस उम्मेदवारले हातका औंला गुमाए, नेविसंघ नेतृको खुट्टा चुँडियो

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । उदयपुरको एम्बुसमा परी घाइते भएका उदयपुर क्षेत्र नं २ का नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई गम्भीर अबस्थामा काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की र कट्वाल चढेको बा १५ च ७८०६ नम्बर गाडी बुधबार एम्बुसमा परेको थियो । एम्बुस पड्किँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको नेपाली काँग्रेस उदयपुरका नेता लबराज अधिकारीले बताए ।

गम्भीर घाइते भएका दुबै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो भने सामान्य घाइते भएका दुई जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली काँग्रेस केन्द्रीय समाचार कक्षले पठाएको समाचार अनुसार, उम्मेदवार कार्कीले हातका औंला गुमाएका छन् भने अनुहार र खुट्टामा पनि गहिरो चोट छ । यसैगरी, नेविसंघकी नेतृ कटुवालको पनि खुट्टा चुँडिएको छ ।