६ कार्तिक २०८३, शुक्रबार

मोरङमा मापदण्ड विपरीत ढुङ्गा–गिट्टी उत्खनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gitti-Tractorपथरी, ८ मंसिर । मोरङको खदम खोलाबाट क्रसर उद्योगीले मापदण्ड विपरीत ढुङ्गा –गिट्टी उत्खनन गरिरहेका छन् ।

स्रोतसाधन समिति र क्रस उद्योगीबीच डेढ मिटरको गहिराइसम्म मात्र उत्खनन गर्ने पाइने सम्झौता गरेको थियो । तर क्रसर उद्योगीले पाँच मिटरसम्म गहिराइ बनाएर ढुङगा–गिट्टी उत्खनन गर्ने गरेका छन् ।

मापदण्ड विपरीत क्रसर उद्योगीहरुले ढुङ्गा–गिट्टी उत्खनन गर्दा खदम खोलाबाट लगिएका सातवटा नहर क्षतिग्रस्त भएको स्थानीय टेकबहादुर थपलियाले बताउनुभयो ।

खदम खोलामा कृष्ण क्रसिङ र महादेवा मिनरल्सले गहिरिने गरी उत्खनन गरिरहेको थापाको आरोप छ ।

सातवटा नहरबाट एक हजार २०० बिघा जमिन सिञ्चित गर्छ ।

तर जिल्ला विकास समिति मोरङका स्थानीय विकास अधिकारी नारायण मैनालीले चाँडै अनुगमन थालिने बताउनुभयो ।