काठमाडौं, १३ मंसिर । विवेकशील साझा पार्टीले चुनावको अन्तिम हप्ता पुग्दै गर्दा पृथक शैलीमा कार्यक्रमहरु गर्दैछ। काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार मिलन पाण्डेले चुनावी अभियानको अन्तिम घडीमा पुग्दै गर्दा आक्रामक पृथक शैली अपनाउदै छन्। उनले आफ्नो क्षेत्रमा आम मतदाताको मन जित्नको लागि पृथक अभियानहरु संचालन गर्दै छन्।
बुधबार विहान काठमाडौँ ९ ले किशोर थापासंग मर्निङ्ग वाक कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा स्थानीयवासी अनि अन्य व्यक्तिहरुले पनि मिलन पाण्डेलाई साथ दिदै किशोर थापासंग मर्निङ्ग वाक गरेका थिए। उक्त वाकमा करिब ७ किलोमिटर हिडेर कुलेश्वरको अधिकांश ठाउँहरु घर-दैलो समेत गरिएको थियो। उक्त वाक कलङ्की मन्दिरमा पुगेको कोणसभामा परिणत भएको थियो।
साथै, काठमाडौँ क्षेत्र नं ९ ले आफ्नो प्रचार-प्रसारको लागि स्टल समेत राख्न थालेको छ। स्टलमा आम मतदाताले आफुलाई चाहिएको जानकारी लिन सक्नेछन् भने आफुलाई लागेको सुझाब पनि दिन सक्नेछन्। साथै, मतदाताले चुनाव प्रचार प्रसार सामग्री समेत लिन सक्ने व्यवस्था गरेको छ। “आश्वासन दिने दल त धेरै आए तर सुझाब लिने कुरा नौलो लाग्यो।” ४० वर्षीय अम्बिका श्रेष्ठले स्युचाटारमा राखिएको स्टलमा पार्टीको नीति अनि उम्मेदवारको जानकारी लिदै भन्नुभयो।
उक्त क्षेत्रबाट कांग्रेसका ध्यान गोविन्द रंजित मैदानमा छन् भने बाम गठबन्धनबाट कृष्ण गोपाल श्रेष्ठ उठेका छन्। यस क्षेत्रमा कांग्रेस, एमाले अनि विवेकशील साझाको त्रिपक्षीय प्रतिस्पर्दा हुदै छ। मिलन पाण्डेले आफ्नो चुनावी प्रचार-प्रसारमा आफुलाई नयाँ पुस्ताको सक्षम नेतृत्वको रुपमा चिनाउदै आएका छन्।












प्रतिक्रिया