६ कार्तिक २०८३, शुक्रबार

चितवनमा एक महिनामा तीन हजारलाई राहदानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport-mrpचितवन, ८ मंसिर । चितवन प्रशासनले गएको एक महिनामा तीन हजार २०० जनालाई राहदानी सिफारिस गरेको छ ।

आइतबार प्रशासनले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै करिब तीन हजार २०० जनालाई राहदानीका लागि सिफारिस गरेको जनाएको छ ।

राहदानीलगायत अन्य क्रियाकलापबाट कुल एक करोड ७१ लाख राजस्व सङ्कलनसमेत गरेको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिनुभयो । सात लाख बजेट खर्च भएको समेत प्रशासनले आयव्यय सार्वजनिक गरेको छ ।

कात्तिक महिनामा द्रुत सेवामार्फत एक हजार ३०७ र साधारण सेवामार्फत एक हजार ८८७ जनाको सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी चिकित्सक मानबहादुर विकेले आइतबार जारी गरेको विज्ञप्ति उल्लेख छ ।

त्यस्तै एक हजार २२२ जनालाई नागरिकता वितरण गरेको प्रशासनले जनाएको छ । कात्तिक महिनामा ३६ वटा मुद्दा दर्ता भएकामा १२ वटा फैसला भएको प्रमुख जिल्ला अधिकारी विकेले जानकारी दिनुभयो ।

यसैगरी कात्तिक मै ६ वटा सरकारी कार्यालयमा अनुगमन गर्नुका साथै चारपटक बजार अनुगमन गरिएको छ । विपद्मा परेकालाई दुई लाख ४० हजार राहत उपलब्ध गराएको जनाइएको छ ।