लहान, ८ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले एक सातामा एकसयभन्दा बढी ट्याक्टरलाई कारबाही गरेको छ ।
मालवाहक ट्याक्टरले यात्रुलाई ओसारपसार गर्ने गरेका कारण सवारी दुर्घटना बढी हुने गरेको भन्दै ट्याक्टरको जाँचमा कडाइ गरेको ट्राफिक प्रहरीले मङ्सिर १ देखि ६ गतेसम्मको अवधिमा १०४ वटा ट्याक्टरमाथि कारबाही गरेको हो ।
पूर्वपश्चिम राजमार्ग तथा जिल्लाको अन्य सहायक मार्गहरुमा गरेको जाँचका क्रममा यात्रु ओसारपसार गर्ने, क्षमताभन्दा बढी समान राख्ने, सवारी चालक अनुमतिपत्र नलिएका चालक राख्ने ट्याक्टरमाथि कारबाही गरिएको प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिनुभयो ।
ती ट्याक्टरमाथि गरिएको कारबाहीबाट रु ३० हजार ८०० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।















प्रतिक्रिया