मकवानपुर, १२ मंसिर । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । बकैया गाउँपालिका–११ गमलटार बस्ने ४४ बर्षीय सेते घलानलाई भरुवा बन्दुक ३ नालसहित प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
घलानले सोही ठाउँ बस्ने ५५ बर्षीया ठूलीमाया घलानलाई कुटपिट गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरीले उनको घरबाट सो भरुवा बन्दुक बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सोही ठाउँ बस्ने तिर्थबहादुर घलानको घरबाट २ नाल र दशरथ घलानको घरबाट १ नाल गरी जम्मा ३ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । हाल फरार रहेका तीर्थ र दशरथको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया