२२ कार्तिक २०८३, आइतबार

मन्त्री मण्डलका अंगरक्षकलाई हृदयघात, अस्पतालमा गयो ज्यान

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १२ मंसिर । बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका लागि नर्सिङ होम पु-याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । रासस