२२ कार्तिक २०८३, आइतबार

सप्तरीमा पेस्तोलसहित चारजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १२ मंसिर । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई सोमबार राति ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेकाको नाम प्रहरीले खुलाइएको छैन भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताउनुभयो । – रासस