२२ कार्तिक २०८३, आइतबार

पत्रकार महासंघको केन्द्रीय मिसन टोलीद्धारा प्रशासन र सुरक्षा निकायसंग छलफल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धरा, ११ मंसिर । दोश्रो चरणमा सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि नेपाल पत्रकार महासंघको मिसन टोलीले सोमबार जिल्ला सदरमुकामा जिल्ला प्रशासन लगायत सुरक्षा निकायसंग छलफल गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष विपुल पोख्ररेलको संयोजकत्वमा आएको ४ सदस्यिय पत्रकारहरुको संयुक्त टोलीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ ।

निर्वाचनको पूर्व सन्ध्या,निर्वाचनको समय र मतगणनाको समयमा समेत पत्रकारहरुले निर्वाचनबारेका समाचारहरु सम्प्रेषण गर्न र निष्पक्षरुपमा निर्वाचनको रिर्पोटिङ गर्नका लागी जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुले व्यवस्थापन गरिदिनु पर्ने मिसन टोलीका संयोजक बरिष्ठ उपाध्यक्ष पोख्रेलले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई अनुरोध गरेका छन् ।

निर्वाचनको दिन अथवा मतगणनास्थलको रिर्पोटिङ गर्नका लागी पत्रकारहरुका लागी विशेष व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताएका छन् । उनले भने – घटनाको समाचार सम्प्रेषण गर्नका लागी कुनै किसिमको बाधा हुने दिने छैनौ ।

नागरिकहरुका नजरमा मिडिया सार्वजनिक सुनुवाई कार्यक्रम समेत डडेल्धुरा जिल्ला सदरमुकाममा संचालन गरिएको थियो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले मिडिया कर्मीहरु अर्थात पत्रकारहरुले आफ््नो पदिय मर्यादाका साथै पत्रकारीताको आँचारसंहितालाई विर्सेर दलगत स्वार्थ र राजनैतिक दलका मुख पत्रका रुपमा प्रकाशित हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै निश्पक्ष भएर समाचारहरु सम्प्रेषण गर्न सुझाव दिएको छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक चक्रदेव जोशीले पत्रकारहरुले समाचारको गहिराई बुझेर शान्तिपूर्ण वातावरण सृजनाहुने गरि सम्प्रेषण गर्नु पर्ने बताएका छन् । उनले भने समाजमा शान्ती सुव्यवस्था कायम गर्नका लागी पत्रकारहरु र संचार माध्यमहरुको महत्वपूर्ण भुमिका हुने भएकोले सामाजिक सदभाव नै विग्रिने गरि समाज सम्प्रेण नगर्न हुन आग्रह गर्दछौ ।