२२ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादव मधेश विरोधी हुन, चुनाव कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच लडाईः नेता चौरासिया

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ११ मंसिर । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्वार अजय चौरसियाले अहिलेको चुनाव कम्युनिष्ट शासन चाहने र लोकतन्त्र चाहेनहरुबीचको लडाई भएको संज्ञा दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले वीरगन्जमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता चौरसियाले यस्तो बताएका हुन् । उनले भने, “हामी लोकतन्त्रको पक्षपाती भएकोले कांग्रेसको पक्षमाजनता छन् । डेमोक्रेसी जोगाउनको लागि कांग्रेसका नेताहरुलाई जनताले भोट दिँदैछन्, किनकी मधेशको पक्षमा लगातार आवाज उठाउने पार्टी नै नेपाली कांग्रेस हो । संविधान संशोधनको लागि बोल्ने पार्टी पनि हाम्रै पार्टी हो ।”

उनले नेपालमा जे जतिविकास भएका छन् ती सबै कांग्रेस नेतृत्वको सरकारले गरेको समेत दाबी गरे । उनले थपे, “मुलुकमा शान्ति र स्थायित्वको लागि कांग्रेसले पहल गरेको हो, १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति सम्झौतामार्फत अन्त्य गर्दै अघि बढाउन कांग्रेसले नै पहल गरेको हो, यो कुरा पूरा देश र जगतलाई थाहा छ ।”

उनले एमाले र माओवादी केन्द्रले कसैको ईशारामा वाम गठबन्धन बनाएको आरोप लगाउँदै भने, “अगलबगलमा कम्युनिष्ट शासन ल्याउन खोजिँदैछ, यसलाई रोक्ने तागत कांग्रेससँग मात्रै छ । किनकी वाम गठबन्धनले बुलेटबाट नसकेकोले उनीहरुले ब्यालेट बाट कम्युनिज्म ल्याउन खोज्दैछन् । त्यसैले जनता सचेत हुनुहुन्छ । अब उनीहरुलाई भोट हाल्ने पक्षमा जनता छैनन् ।”

उनले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनको लागि कांग्रेसले धेरै काम गरेको समेत जिकिर गरे । उनले भने, “संविधानको फण्डामेन्टल राईटमा समावेशीता उल्लेख छ, निर्वाचन क्षेत्र जनसंख्याका आधारमा बनेको छ, यी सबै काम तत्कालिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशिल कोइरालाको पालामा भएको हो, एमालेले गर्दा संशोधनन भएको हो । मधेशी जनतासँग कांग्रेस बाहेक अरु कोही विकल्प छैन । मधेशको विकास रमाग पूरा गराउन हामी पहल गर्छौं ।”

उपेन्द्र यादव मधेसविरोधी हुन्

मधेशमा त राजाप नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले बहुमत ल्याउँछौं भनेर उनीहरुको नेताले दाबी गरिरहेका छन् नि भनेर पत्रकार ऋषि धमलाले सोधेको एक प्रश्नमा नेता चौरासियाले भने, “मधेशका जनतालाई राम्रोसँग थाहा छ, अहिले आएको चुनौतिलाई फोरम र राजपाले फेस गर्न सक्दैनन् । कम्युनिज्मलाई फेस गर्न सक्ने शक्तियदि कोही छ भने त्यो नेपाली कांग्रेस मात्रै हो, अरु सँगत्यो तागत छैन ।”

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टी एक्लैले २२ देखि २४ सिट जित्ने समेत दाबी गरे । चौरसियाले थपे, “कांग्रेसको पक्षमा आमजनताहरु धुव्रीकृत भएका छन् । कांग्रेससँग रिसाएर बसेका पत्रकार, वकिलहरु एक कठ्ठा छन् । मधेशमा पनि पहिलो र देशमा पनि पहिलो शक्ति कांग्रेस नै हुन्छ । ईतिहाँस हेर्नुहोस्, हिजो ती सबै शक्तिहरु जो कांग्रेससँग टक्कर दिए, ती सबै सकिएका छन् ।”

‘श्रीवास्तव राजाको शासनकालमा समर्थनमा थिए, म मधेशको लागि लड्ने मान्छे हुँ’

आफ्ना प्रतिष्पर्धी उम्मेद्धवार विमल श्रीवास्तव प्रतिनिकै आक्रमक रुपमा प्रस्तुत भएका उनले आरोप लगाउँदै भने, “श्रीवास्तव त हिजो राजाको शासनकालमा राजाको समर्थनमा थिए, वीरगन्ज नगरपालिकाको मेयरमा चुनाव लड्दै हुनुहुन्थ्यो । तर म त मधेशको लागि लड्ने मान्छे हुँ ।”

उनले उक्त क्षेत्रमा आफ्नो विजयी सुनिश्चित भैसकेको समेत दाबी गरे । “अजय चौरासियाले जित्छ, किनकी मेरा प्रतिपष्र्धीसँग पैसा छ, मसँग जनता छन् । जनताले यसपाली उहाँलाई कहिल्यै चुनाव नलड्ने अवस्थामा पुर्याईदिन्छन् । पैसाको चहलपहल गर्नेले गरुन तर चुनाव म जित्छु ।” उनले जसले जति पैसा खर्चेपनि जनताले उनीहरुको नोटपनि खाने तरभोट चाहीँ त्यस्तालाई नदिने स्पष्ट पारे ।

उनले आफूले जहिल्यैपनि जनताको वीचमा रहेर काम गरेको सुनाए । उनले भने, “मैले विकास निर्माणको कामधेरै गरेको छु । मसँगै पैसा छैन, जनता मात्रै छन् ।” उनले आफ्नो पूरानो निर्वाचन क्षेत्रमा गएर हेर्न समेत आग्रह गरे । उनले थपे, “मेरो पूरानो क्षेत्रमा जानुहोस र सोध्नुहोस, मैले एक वर्षमा सबै ठाउँमा बक्ती पुर्याएको छु, म चुनाव जित्दापनि जनतासँगै बसेर काम गरेको छु, हार्दापनि उहाँहरुकै बीचमा बसेर काम गरेको छु ।” उनले मधेशका सारा जनता कांग्रेसको पक्षमा रहेको विश्वास दिलाए ।

उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमधेशको हितमा काम गर्ने पार्टी नै नभएको आरोप लगाए । उनले थपे, “उहाँको पार्टी मधेशको हो कि होईन, अशोक राई उहाँको पार्टीको उपाध्यक्ष होईन रु हिजो संविधान संशोधन नगरी चुनाव हुनुहुँदैन भनेर हामीले अडान लिएर बसेको बेला, उहाँ त एक्कासी चुनावमा भाग लिनुभयो रु उहाँ मधेशवादी हो कि हामीहौं रु यो सोध्नुहोस् ।”