– मिना बुढाथोकी
सल्यान, ११ मंसिर । सल्यानमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । चुनाबमा अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै अनुमतिबिना सञ्चालमा गर्दै आईरहेका होटेल तथा घरबाट करिब ६ सय ३७ घर पालुवा मदिरा प्रहरीले नष्ट गरेको हो ।
जिल्लाको कुमाखमालिका गाउँपालीका वडा नम्बर २ को नेटाबजार बाट करिब ६ सय ३७ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
निर्बाचनको सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय रागेचौर बाट प्रहरी नायब निरीक्षक पदमलाल भुसालको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राति करिब १० बजेतिर मदिरा बरामद गरेको थियो ।
प्रहरीले गोप्य सुचनाको आधारमा नेटा बजार स्थित होटेल तथा घरहरुमा चेकजाच गर्दा ६ सय ३७ लिटर घरेलु मदिरा बरामद फेला पारेको थियो ।
बरामद गरिएको मदिरा कुमाखमालिका गाउँपालीकाका कार्यकारी अधिकृत तथा वडा अध्यक्ष, स्थानिय, समाजसेवी लगायतको उपस्थितिमा मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भरत बिकले बताउनुभयो ।













प्रतिक्रिया