अछाम, ११ मंसिर । जंगली जनावर चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी बालिकाका आफन्तलाई नगद सहयोग गरिएको छ ।
अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा नमबर ८ की १५ बर्षीय बालिका पवन भुलका आफन्तलाई १० लाखको चेक हस्तान्तरण गरिएको छ । गत असार २० गते सुतिरहेको बेला घरबाटै चितुवाले आक्रमण गरी ज्यान गएकी बालिकाका बुवा गोपाल भुललाई नगद सहयोग गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
जिल्ला वन कार्यालयको सिफारिसमा सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीबाट प्राप्त रकम जिल्ला वन अधिकृत सुरेन्द्र कुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको रेन्जर विकास शमाले जानकारी दिनुभयो । जंगली जनवारको आक्रमणमा परी ज्यान गएकाहरुलाई सरकारले १० लाख रकम सहयोग गर्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।
पछिल्लो समय जिल्लामा गली जनावर चितुवा, भालु, बँदेल लगायतका जनावरको आक्रमणबाट व्यक्तिको ज्यान जाने तथा अंगभंग हुने क्रम बढेको पाईएको छ । एक महिना पहिले मात्रै जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ६ मा एक जना बृद्ध महिलालाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको थियो ।













प्रतिक्रिया