२२ कार्तिक २०८३, आइतबार

‘देशलाई कंगाल बनाउनेहरुदेखि सतर्क बनौं’

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ११ मंसिर  । कांग्रेसका नेताहरुले लोकतन्त्रको रक्षा, आर्थिक विकास, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसलाई साथ दिन आह्वान गरेका छन् ।

बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत्को प्रदेश सभा ३ क को उढरापुर गिजराबस्तीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रको नाम भजाएर कम्युनिष्ट शासन ल्याउनखोज्नेहरुदेखि सतर्क रहन आग्रह गरेका छन् ।

सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठोरले संविधानसभाबाट प्राप्त ऐतिहासिक संविधानलाई असफल बनाएर मुलुकलाई कंगाल बनाउने उद्देश्यले अभिप्रेरित बाम गठबन्धनलाईपरास्त गर्न सके मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले विश्वभर असफल र झण्डै लोप हुने अवस्थामा रहेको कम्युनिष्ट शासन ल्याएर जनतालाई अझ गरिब बनाउने खेल सुरु भएको भन्दै नेपाली जनतालेयस्तो दुराशय राख्ने अपवित्र गठबन्धनलाई अनुमोदन नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभालाई नेपाली कांग्रेस बाँकेमा पूर्व सभापति युवराज शर्मा, प्रतिनिधि सभा ३ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारु लगायतले सम्बोधन गर्नुभएकोे थियो ।

वक्ताहरुले गिजराबस्तीको ऐलानी जग्गाको लालपूर्जाका लागि आफूहरुले पहल गर्ने बताउनुभयो